Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीर्य दान : निसन्तान दम्पतीका लागि प्रभावकारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 7.2K
    SHARES

पुरुषको शुक्रकिट र महिलाको अण्डलाई निश्चित समयसम्म भण्डार गरेर आफूलाई सहज भएको बेलामा बच्चा जन्माउन कत्तिको सम्भव छ ? सामान्यतया महिलाहरूले ३५ वर्षभन्दाअघि नै बच्चा जन्माउनु आमा र बच्चाको लागि फाइदाजनक मानिन्छ । तर विभिन्न कारणले ३० वर्षको उमेरमा बच्चा जन्माउन अनुकुल भएन भने के गर्न सकिन्छ ? चिकित्सकहरू कुनै पनि जोखिमविना नै आफूलाई मन लागेको बेलामा गर्भधारण गर्न सकिने बताउँछन् । अल्का अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ रोग विशेषज्ञ डा. श्वेता सिंह वीर्य र अण्ड भण्डारण गरेर आफू अनुकुल गर्भधारण गर्न सकिने बताउँछिन् ।

वीर्य तथा अण्ड भण्डारणका पनि केही विधि र अवस्थाहरू छन् । जस्तो, रेडियोथेरापी र किमोथेरापी गरिरहेका महिला तथा पुरुषको लागि शुक्रकिट तथा अण्ड भण्डारण प्रभावकारी बन्न सक्ने डा. सिंह सुनाउँछिन् । क्यान्सर तथा अन्य रोग लागेर रेडियोथेरापी तथा किमोथेरापी गरिरहेका बिरामीको वीर्य तथा अण्डबाट गर्भधारण कठिन रहेकोले त्यस्तालाई वीर्य भण्डारण प्रभावकारी रहेको उनी सुनाउँछिन् ।

वीर्य भण्डारण बिहे गरेर पनि ढिलोगरी बच्चा जन्माउने दम्पतीको लागि पनि प्रभावकारी रहेको चिकित्सकहरू बताउँछन् । आफ्नो करियर वा अन्य कारणले ढिलागरी बच्चा जन्माउँदा बच्चामा त्यसको असर पर्न सक्ने भएकोले त्यसबाट बच्नको लागि पनि वीर्य भण्डारण प्रभावकारी हुने डा. सिंह बताउँछिन् ।

‘सामान्यतया महिला ३५ वर्षभन्दा पछि गर्भधारण गर्दा महिलाहरूमा पनि विभिन्न खाले दीर्घरोग हुने र बच्चामा पनि केही असर देखिने जोखिमहुन्छ । तर ३० वर्षमा वीर्य वा अण्ड भण्डारण गरिएको छ भने ३५ वर्षमा बच्चा जन्माउँदा पनि ३० वर्षको उमेरमा जन्माएको जस्तै स्वस्थ बच्चा जन्मिन्छ’ उनी भन्छिन् ‘अहिले धेरैमा प्रचारप्रसार नभएको भए पनि यो आफैंमा प्रभावकारी विधि हो ।’ जतिले यसबारेमा बुझेका छन् उनीहरू यसप्रति आकर्षित हुने गरेको उनी बताउँछिन् ।

कति समयसम्म भण्डारण गर्न सकिन्छ, शुल्क कति लाग्छ ?

वीर्य भण्डारण नेपालमा धेरै वर्षदेखि चलिरहेको चलन हो । यो आफैंमा वैध प्रणाली पनि हो । तर धेरैजना यसप्रति बेखबर हुँदा यसका प्रयोगकर्ताहरू धेरै नबढेको चिकित्सकहरू बताउँछन् । डा. सिंह वीर्य वा अण्ड दुवैको भण्डारणको अधिकतम समय नतोकिएको बताउँछिन् ।

यो मान्छेको आवश्यकता अनुसार ८-१० वर्षसम्म पनि फ्रिज गरेर राख्न सकिन्छ । वीर्य वा अण्ड भण्डारण गर्दा व्यक्तिको विवरणहरू सबै टिपेर सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गर्न सकिन्छ । ‘कसैले शुक्रकिट वा अण्ड फ्रि गरेर राख्नुभएको छ भने हामी सबै लेभल गरेर यसलाई फ्रिजिङ गर्ने गर्छाैं’ उनी भन्छिन् ‘जति समयपछि आफूलाई बच्चा जन्माउन मन लाग्छ, त्यसपछि त्यसलाई गर्भधारण गराइन्छ ।’

डा. सिंहका अनुसार एग फ्रिजिङको लागि वर्षको ५० हजार र शुक्रकिट फ्रिजिङको वार्षिक १५ हजार रुपैयाँ लाग्छ । १० वर्षसम्म फ्रि गरेर राख्न मन छ भने अण्डको लागि ५ लाख र १० वर्ष वीर्य भण्डारणको लागि एक लाख ५० हजार रुपैयाँ लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । यसरी राखिएको वीर्य वा अण्डलाई रुम टेम्प्रेचरमा ल्याएर गर्भाधारण गरिने डा. सिंह बताउँछिन् ।

त्यसो त वीर्य वा अण्ड दान दिन र लिने चलन पनि नेपालमा चलिरहेको छ । अस्पतालमा यस्ता दाताहरू प्रशस्तै भेटिने गरेको डा. सिंह बताउँछिन् । यो सामान्यतया शुक्रकिट र अण्डले राम्रो काम नगरेर निःसन्तान भएका दम्पतीहरूको लागि प्रभावकारी छ । यसरी दान दिइएको वीर्य वा अण्ड पनि फ्रिज गरेर राख्न मिल्छ । कोही महिलाको डिम्बासयमा अण्डको उत्पादन नै कम भइरहेको छ भने त्यस्तो अवस्थामा उनीहरूको डिम्बासयबाट अण्ड झिकेर शुक्रकिटसँग मिसाएर वैकल्पिक रुपमा यसको प्रयोग गर्न सकिने डा. सिंह बताउँछिन् ।

सामान्यतया वीर्य र अण्डको दान लिंदा कुनै पनि स्वास्थ्य समस्या नभएको युवायुवतीको खोजी गरिन्छ । विशेषगरी ३० वर्ष उमेर नपुगेका र सकेसम्म बच्चा भइसकेका युवायुवतीबाट वीर्य वा अण्ड दान लिनु उचित हुने डा. सिंह बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४