Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्यवसाय गर्ने ब्यक्तिहरुले हेर्नुपर्ने १० सरकारी वेबसाईटहरू पूरा विवरणपत्र !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ३ २०७५
  • 9.3K
    SHARES

 

 व्यवसाय गर्ने ब्यक्तिहरुले हेर्नुपर्ने १० सरकारी वेबसाईटहरू पूरा विवरणपत्र ! 
जनन्युज नेपाल खबर डट कम :
नेत्र बहादुर कार्की
काठमाडौं /२०७५/११/०३ गते प्रकाशित :
व्यवसाय गर्ने व्यक्तिले व्यवसायलाई प्रभाव पार्न सक्ने सरकारका निकायहरूले जारी गरेका नयाँ नियम र कानुनका बारेमा जानी राख्न अति आवश्यक हुन्छ।जस्तै फर्म वा कम्पनी कहाँ र कसरी दर्ता गराउने, कर कहाँ तिर्ने, चलेको नियम तथा कानुनका बारेमा कहाँबाट थाहा पाउने?जस्ता जानकारीहरू व्यवसाय सञ्चालन गर्दा आफूसँग हुन जरुरी हुन्छ। 
यस्ता सम्बन्धित जानकारी सम्बन्धित कार्यालयहरू मात्र पाउन सकिन्छ। तर सबै कार्यालय पुगिराख्न पनि त सम्भव हुँदैन। त्यसै कारण हिजोआज सरकारका विभिन्न कार्यालय र मन्त्रालयहरूले आआफ्ना वेबसाइटहरू बनाएका छन् । ती वेबसाइटबाट जो कोहिले इन्टरनेटको सहयोग लिई चाहिएको कार्यालयबाट आधिकारिक जानकारी लिन सक्छन्। 
यो लेखमा हामीले कुनै पनि व्यवसायीलाई चाहिन सक्ने १० वटा वेबसाइटहरूका बारेमा चर्चा गरेका छौँ।
घरेलु तथा सना उद्योग विभाग
http://www.dcsi.gov.np/en घरेलु तथा साना उद्योग विभागको वेबसाइट हो। घरेलु तथा साना उद्योगहरूले उद्योग दर्ता , नवीकरण , पुँजी तथा क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने, लघु कर्जा लिने बारे यस वेबसाइटबाट जानकारी लिन सक्छन्।
कम्पनी रजिष्टारको कार्यालय
http://www.ocr.gov.np  कम्पनी रजिष्टारको कार्यालयको वेबसाइट हो। यो कार्यालयबाट कम्पनी दर्ता गर्न सकिन्छ| यस वेबसाइटबाट कम्पनी सम्बन्धी जानकारी र कागजातहरू हेर्न तथा बुझ्न सकिन्छ।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग
www.ird.gov.np  नेपाल सरकार आन्तरिक राजस्व विभागको वेबसाइट हो। सरकारको कर नीति अनुरूप प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण गर्ने र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन राजस्व विभाग गर्छ ।
नेपाल कानुन आयोग
http://www.lawcommission.gov.np  नेपाल सरकार नेपाल कानुन आयोगको वेबसाइट हो। यसले नेपालका सम्पूर्ण कानुनहरूलाई समीक्षा र सुधार गर्ने काम गर्दछ । कानुन आयोगको वेबसाइटमा व्यवसायीहरूलाई चाहिने सम्पूर्ण कानुनहरू सजिलै डाउनलोड गरी पढ्न बुझ्न सकिन्छ।
नेपाल लेखामान बोर्ड
http://www.standards.org.np  नेपाल लेखामान बोर्डको वेबसाइट हो। यो नेपाल सरकारद्वारा स्थापित एक स्वायत्त र वैधानिक अङ्ग हो। यसले आर्थिक विवरण तयारी र प्रस्तुतिको लागि लेखा मानकहरू तय गर्ने र जारी गर्ने काम गर्छ। यसले साना व्यवसाय गर्ने देखि ठुला उद्योगहरू समेतका लागि आर्थिक विवरण तयारी र प्रस्तुतिको लागि लेखा मानकहरू तय गर्दछ।
नेपाल राष्ट्र बैङ्क
https://www.nrb.org.np  नेपाल राष्ट्र बैङ्कको वेबसाइट हो । यो नेपालको केन्द्रीय बैङ्क हो। यसले नेपालका सबै बैङ्कहरूलाई नियन्त्रण गर्छ। व्यवसायीहरूले बैङ्कहरूले लिने ब्याजदर, विदेशी नीति तथा नियमहरू, इजाजतपत्र नीति आदि लगायतका जानकारीहरू यस वेबसाइटबाट पढ्न सक्छन्|
सहकारी विभाग
http://www.deoc.gov.np  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अन्तर्गत सहकारी विभागको वेबसाइट हो। जसरी राष्ट्र बैङ्कले बैङ्कहरूको निगरानी गर्छ, त्यसरी नै यसले पनि सहकारीहरूको निगरानी गर्छ। व्यवसाय गर्ने क्रममा तपाईँ सहकारीसँग कारोबार गर्दै हुनुहुन्छ भने तपाईँलाई यो वेबसाइटबाट महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न मद्दत पुग्छ।
नेपाल सरकारको आधिकारिक पोर्टल
http://www.nepal.gov.np/  नेपाल सरकारको आधिकारिक पोर्टल हो । यस भित्र व्यवसाय शीर्षकमा क्लिक गर्दा नेपालमा व्यवसाय गर्दा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ।
नेपाल धितोपत्र बोर्ड
http://sebon.gov.np  नेपाल धितोपत्र बोर्डको आधिकारिक वेबसाइट हो। यसबाट पब्लिक कम्पनीहरूले सेयर जारी गर्ने अनुमति लिन सक्छन्। यसले धितोपत्र (सेयर) जारी, बिक्री वा साटासाट गर्ने कार्यलाई निगरानी गर्ने काम गर्छ।
कृषि विभाग
http://www.doanepal.gov.np/ne/ कृषि विभागको वेबसाईट हो। नेपाल कृषि प्रधान देश भएकोले यहाँका धेरै व्यवसायहरू कृषि मै निर्भर छन् । कृषि सम्बन्धी सरकारका सम्पूर्ण नीति नियम कार्यन्वयन कृषि विभाग बाटै गरिन्छ।
यी माथि उल्लेखित वेबसाइटहरू बाहेक व्यवसायीलाई  आवशयक अन्य कुनै महत्वपूर्ण सरकारी वेबसाइटको बारेमा तपाईलाई थाहा छ भने हामीलाई जानकारी गराउनु होला।
वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्।

    हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===============================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४