Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैन : अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादींका अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा आइ लभ यु’ भन्दैमा पार्टी नचल्ने बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले पार्टी भन्दा पनि प्राइभेट लिमिटेडजस्तो भएको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताउनुभयो ।

ओलीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सिर्जना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताउनुभयो ।

‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन, कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी !’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुलोमा पार्ने बताउनुभयो ।

केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४