Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कपिलवस्तुद्वारा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न।


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 7.5K
    SHARES

 कपिलवस्तु । हरी शर्मा आचार्यकाे सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथीमा पुर्व प्रधान न्यायाधीश श्रीमान गोपाल पराजुली, बिशिष्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) श्रीमान अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री कल्याण कुमार तिम्सिना ज्यु लगायत सह संयोजक डा.विनय पाण्डे ज्यु ,आदरणीय वासुदेव चौधरी ज्यु, कार्यक्रम संचालक भानु चतुर्वेदी ज्यु लगायत समाजका विशिष्ट प्रबुद्ध व्यतित्वहरुको उपस्तिथिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन कार्यक्रम कपिलवस्तु स्थित गौतम बुद्ध होटलको प्राङ्ग्णमा सम्पन्न भयो ।

गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले षडयन्त्रमा हिन्दू राष्ट्र नेपालको पहिचानलाई मेटाएर धर्मनिरपेक्षताका रूपमा संविधान लेखिएको भए पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक रुपमा नेपाल हिन्दु राष्ट्र नै हो। हिन्दू राष्ट्रको चिन्तन आम जनताको नसामा रहेको कारण विश्वभर बसोबास गर्ने हिन्दू समाजले नेपाललाई हिन्दू राष्ट्रको रुपमा नै चिन्छ ।

नेपालको संविधानमा रहेको हिन्दू राष्ट्रको पहिचानलाई सुनियोजित षडयन्त्रका आधारमा समाप्त गरी नेपालको मौलिक आत्मामाथि प्रहार भएको भन्दै कार्यक्रमका प्रमुख वक्ताहरुले अाक्राेश पाेखेका थिए ।

देशमा जबर्जस्ती धर्मनिरपेक्षता थोपिए पछि धर्म परिवर्तनको प्रकृया तिव्र गतिमा चलिरहेको छ । त्यसैले समयमै सचेत र सजग भएर मात्र नभई आफ्नो पहिचान जोगाउन आ–आफ्नो तहमा संघर्ष गर्न तयार हुनुपर्ने वक्ताहरुले बताएका थिए।

गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४