Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनजाति महासंघको अध्यक्ष र महासचिव कांग्रेस-एमाले गठबन्धनबाट निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।

नवलपरासीमा उद्घाटन भएको १० औं महाधिवेशनमा एमाले र कांग्रेसबीच गठबन्धन हुँदा अध्यक्ष कांग्रेस र अन्य बहुमत पदाधिकारी एमालेले लिने सहमति भएको थियो । महासचिवमा पनि कांग्रेस-एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका हुन् । थामीले १५ मत मात्रै ल्याए।

अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।

त्यस्तै एक उपहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् । सचिव पनि सबै निर्विरोध निर्वाचित भएका छन् । सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा,  यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४