© नेत्र बहादुर कार्की
काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने भएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
पीडित परिवारले घटना भएको एक वर्षभित्र अनलाइनबाट फर्म भरेर स्थानीय तहबाट नै सहायता लिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले २९ फागनुमा मन्त्रीस्तरीय निर्णय गरेका थिए । उनले ‘वैदेशिक रोजगारकल्याणकारी सूचना व्यवस्थापन प्रणाली (सञ्चालन तथा व्यवस्थापन)कार्यविधि २०७८’ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएका थिए ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगार बोर्डले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्थाबारे सबै स्थानीय तहलाई जानकारी गराएको छ ।
हेर्नुहोस् सूचनाः
