Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा आबद्ध दल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ९ २०७८
  • 6.6K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडाैँ । सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेलबारे छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेलबारे निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए । सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले चुनावी तालमेलबारेमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको मोडालिटीबारे छलफल अघि बढेको बताए । उनले आवश्यकता हेरेर गठबन्धनका बीचमा स्थानीय तह निर्वाचनमा तालमेल हुने जानकारी दिए । ‘सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा स्थानीय तह निर्वाचनमा तालमेलको सम्भावना बढ्यो, कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा आवश्यकता हेरेर निर्णय हुन्छ, त्यसको मोडालिटीबारे छलफल हुँदै छ’ जसपा अध्यक्ष यादवले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने जानकारी दिए । उनले कसरी र कुन मोडलमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल हुने भन्ने विषयमा खाका बन्दै गरेको बताएका हुन् । ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, कसरी र कुन मोडलमा गर्ने भन्ने विषयमा गठबन्धनले पनि खाका बनाउँछ, कांग्रेसले पनि केन्द्रीय समितिमा छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ११ चैतका लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको र बैठकका लागि तीन एजेन्डा तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा स्थानीय तह निर्वाचनको एकमहिने अभियानको प्रारम्भिक समीक्षा, निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति गठन र तालमेलसहितका विविध एजेन्डा तय गरिएको हो ।

#राजधानी दैनिकबाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४