Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप कांग्रेस प्रदेश”क”ले निर्वाचन केन्द्रित पालिका स्तरिय प्रतिनिधि तोक्यो (नामावली) सहित !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ६ २०७८
  • 13.2K
    SHARES

©पुस्कर  खड्का

रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ ले स्थानीय निर्वाचन् केन्द्रित गतिविधिलाई तिब्र पार्दै सबै स्थानीय तहमा विशेष पदाधिकारी तथा प्रतिनिधिहरुलाई जिम्मेवारी तोकेको जनाएको छ । शनिबार बसेको पदाधिकारी बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहमा चुनाव सफल पार्न जिम्मेवारी तोकेको उपसभापति मुरारी घिमिरेले जन प्रहार प्रतिनिधिलाई जानकारी दिएका हुन् । 

उनका अनुसार मन्थली नगरपालिकासहित सबै स्थानीय तहमा पदाधिकारी तोकेर कार्यविभाजन समेत गरेको हो।  प्रदेश समितिले पार्टीको निर्देशनलाई कार्यान्वय गर्दै ‘‘घर–घर जाउँ कांग्रेस जिताउ’’ अभियानलाई पूर्ण लागू गर्ने तयारीमा जुटेको उनको भनाई रहेको छ। 

को-कस्ले पाए पालिकाको निर्वाचन सफल पार्ने “जिम्मेवारी”
मन्थली नगरपालिका –राज कुमार के.सी‍ (सचिव)
रामेछाप नगरपालिका – पुर्णबहादुर मगर (उपसभापति)
लिखु तामाकोशी गाउँपालिका–केशब महत (सदस्य)
उमाकुण्ड गाउँपालिका–सरोज कुमार सुनुवार (सहसचिव‌)
गोकुलगंगा गाउँपालिका–मुरारी घिमिरे (उपसभापति) 

त्यस्तै बैठकले १४ औं अधिवेशनबाट निर्वाचित प्रदेश कार्यसमिलाई पूर्णता दिने पनि निर्णय गरेको उनले बताएका छन् ।  उनका अनुसार सभापतिले मनोनयन गर्न बाँकी रहेका क्षेत्रिय प्रतिनिधिमा सुर्य श्रेष्ठ (लिखु तामाकोशी गाउँपालिका),प्रदिप रोका ‍(मन्थाली नगरपालिका), अपनाकुमारी श्रेष्ठ (रामेछाप नगरपालिका) लाई मनोनित् गरिएको छ।  

त्यस्तै अम्बरबहादुर सुनुवार (रामेछाप नगरपालिकालाई आमन्त्रित सदस्यमा मनोनित् गरिएको पनि उनले जन प्रहार प्रतिनिधिलाई बताए ।   त्यस्तै निर्मल मगर (लिखुतामाकोशी गाउँपालिका), धिरेन्द्रकुमार खड्का (गोकुलगंगा गाउँपालिका), दिपक कार्की (गोकुलगङ्गा गाउँपालिका)लाई क्षेत्रीय प्रतिनिधिमा मनोनित् गरिएको पनि  जन प्रहार प्रतिनिधिलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४