Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आचारसंहिता : मत सर्वेक्षण सार्वजनिक गर्न रोक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न निषेध गरेको छ ।

चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिएपछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मत गणना नसकिएसम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ को ४ नम्बर बुँदामा लेखिएको छ, ‘उम्मेद्‍वारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेद्‍वार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।’

आयोगले सर्वेक्षणकर्ताले प्रत्यक्ष प्रश्न सोधेर गर्ने चुनावी सर्वेक्षण मात्र नभई टेलिभिजन र रेडियोहरुले गर्ने एसएमएस पोल पनि गर्न नपाइने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिभिजन र रेडियोले चुनावको बेलामा राजनीतिक प्रश्न सोधेर सर्वेक्षण गर्न नपाउने बताए । ‘ती सर्वेक्षण वास्तविक छैनन्’, उनले प्रश्न गर्दै भने ‘तीन जना मात्र सहभागी भएका सर्वेक्षणमा कुनै २ जनाले एउटै उत्तर रोजेमा ६६ प्रतिशत देखिन्छ, यो कसरी वास्तविक हुन्छ ?

अमेरिका, भारतलगायतका देशमा गरिएका मत सर्वेक्षण पनि प्रश्न उठेको भन्दै आयोगले नेपालमा गरिने सर्वेक्षणमा त झनै शंका हुने हुनाले रोक लगाएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४