Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाना खाएकै भरमा करोडौं कमाउने यी युवती


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३ २०७८
  • 6.8K
    SHARES

एजेन्सी । क्यानडाकी २७ वर्षकी एक युवतीले खाना खाएकै भरमा मासिक करोडौँ रुपैयाँ कमाउँने गरेकी छिन् ।

नाओमी म्याक्रे नामकी यी युवती खासगरि एक युट्युबर हुन । उनले युट्युब मार्फत खाना खाएको भिडियो सार्वजनिक गर्ने गर्छिन् ।उनको युट्युब च्यानलको नाम हुन्नीबी एएसएमआर हो । उनले यस च्यानलमा २६ मार्च २०१७ मा पहिलो भिडियो सर्वजनिक गरेकी थिइन् । अब अहिले उनको ७६ लाख भन्दा बढी सब्सक्राइबर छन् ।

बेलायती पत्रीका ‘द सन’ को एक रिपोर्ट अनुसार उनी क्यानडाको ओन्टारियोमा बस्दै आएकी छिन् । उनी संसारको सबैभन्दा ठूलो एएसएमआर (स्वायत्त सेन्सरी मेरिडियन प्रतिक्रिया) युट्युबर्स मध्ये एक हुन् । उनी प्रत्येक महिना ११ करोड भन्दा बढी यो च्यानल मार्फत कमाउँछिन् । उनको भिडियोलाई करोडौँले हेर्ने र मन पराउने गरेका छन् ।

नाओमीका अनुसार उनको भिडियो हेर्ने ८५ प्रतिशत मान्छेहरू २ वर्षदेखि ३० वर्ष उमेर समुहका रहेको छन् । उनको परिवार परम्परागत भएपनि उनको भिडियोहरू भने हेर्ने गरेको उनी बताउँछिन् । उनी भिडियोमा स्याम्पेनको बोतल र काँइयो जस्ता चिजहरू खादै गरेको देखिन्छिन् ।तर, यो बोतल र काँइयो खान योग्य सामानले बनेको हुन्छ ।

उनको यस्तै एउटा भिडीयो ८ करोढ भन्दा बढीले हेरिसकेका छन् । उनको च्यानलमा यस्ता धेरै भिडियोहरू छन् । जसमा उनी धेरै जथाभावी खानेकुरा खाएको देखिन्छिन् । केहि भिडियोमा भने उनी चाउचाउ, बर्गर जस्ता खानेकुरा खाइरहेकी देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४