Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 6.1K
    SHARES

 काठमाडौं । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् ।

युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ ।

रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने उनीहरु पहिलो अन्तर्राष्ट्रिय नेताहरु हुन् । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

जेलेन्स्कीसँगको भेटमा उनीहरुले युक्रेनले गरेको प्रतिवादको प्रशंसा गर्दै यो लडाइँमा आफूहरु युक्रेनको साथमा रहेको बताएका थिए । जेलेन्स्कीलाई भेटेपछि चेक गणतन्त्रका प्रधानमन्त्री फियालाले ट्वीटरमा लेखेका छन्, ‘हामी तपाईंहरुको लडाइँको प्रशंसा गर्छौं । तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लो हुनुहुन्न ।’

यसैगरी पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तो नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४