Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिनो हाइड्रोले राेक्याे मेलम्ची आयोजना मर्मतको काम, मेसिन र कामदार फर्काउँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 6K
    SHARES

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य गर्ने काम बन्द गरेको छ ।

सरकारले भुक्तानी नदिएपछि प्राविधिक सहित मर्मत कार्यमा जुटेका कामदारलाई मुहान क्षेत्र अम्बाथानबाट फर्काउन लागिएको सिनो हाइड्रोले बताएको छ ।गत असार १ गतेको बाढी र पहिराले क्षति पुगेको आयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले शुक्रबारदेखि नै काम बन्द गरेको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव सुरेश आचार्यसँग शुक्रबार भएको टेलिफान सम्पर्कमा कम्पनीले रकम भुक्तानी नभएसम्म काममा नर्फकने अडान राखेका छन् ।

विगत दुई महिनादेखि भुक्तानीका लागि आग्रह गर्दासमेत बेवास्था गरेपछि काम रोक्न बाध्य भएको कम्पनीको तर्क छ । एक हप्ताअघिको बिहीबारसम्म ५० प्रतिशत रकम भुक्तानी नदिए काम बन्द गर्ने अग्रिम जानकारीसमेत आफूहरूले दिइसकेको कम्पनीले जनाएको छ ।

चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी ल्याउने मन्त्रीको रटान सिनो हाइड्रोले काम रोकेसँगै रटामै सीमित हुने देखिएको छ । कम्पनीले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ७५ प्रतिशत काम सकिएको जनाएको छ ।

अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जानकारी गराएको छ ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी गरिएको हो ।

ठेकेदार कम्पनीले सरासर काम गरे मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ ।

आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहनेछ ।

मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंकले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको समितिले जनाएको छ ।

सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै समितिले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताएको छ । ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४