Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा गोरु ब्यायो : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २७ २०७८
  • 7.1K
    SHARES

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गर्नुभयो ।पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले, ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’

अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गर्नुभएको छ । उहाँले एकताबद्ध नहुँदा के हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै ओलीले, ‘प्रचण्डलाई दशा लाग्यो । माधव नेपाललाई पनि दशा लाग्यो। त्यहि भएर हुँदाखाँदाको एकताबद्ध छाडेर पार्टी विभाजित गरे । त्यसबेला जंगे थिए, अहिले बुंगे भए ।’ प्रचण्ड र माधवले अहिले कांग्रेसको आश गरेर बस्नुपरेको भन्दै उनले थपे,‘अहिले ढोका बाहिर चिहाएर बस्छन्, कतै ढोकाबाहिर प्रसाद ल्याउँछन् कि भनेर ।’

अध्यक्ष ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई सञ्चारमाध्यमले सही तरिकाले नलेखेको बताउनुभयो । धरहरा र रानीपोखरी बनाएपनि संचारमाध्यमले सहिरुपमा नलेखेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४