पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ ।
सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ ।

