Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव चिन्हमा हरियो मसीको छपाइ : एमालेको दृष्टिदोष कि सस्तो फण्डा ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २५ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्रमा चुनाव चिन्ह हरियो मसीको छपाइ गर्ने निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमाले रुष्ट छ ।

माधवकुमार नेपालको दल दर्ता प्रक्रियामा विवादास्पद निर्णय गरेकोप्रति अदालत नै धाएको एमाले चुनाव नजिकिँदै गर्दा आयोगसँग पुन असन्तुष्ट बनेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आफूविरुद्ध लागेको निष्कर्षमा पुगेको एमाले निर्वाचन आयोगप्रति पनि सशंकित बनेको छ ।

आगामी वैशाख ३० गते हुने एकै चरणको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रीत गतिविधिमा जुटिरहँदा आयोगले निर्वाचनका लागि ८० दलले दिएको निवेदन उपर जाँचबुझको काम गरिरहेको छ ।

यसैबीच गत सोमबार आयोगले मतपत्र छपाइमा हुने चिन्ह, विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसिले छपाइ गर्ने निर्णय गरेपछि प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आयोगप्रति खनिनुभएको छ ।

उहाँले आँखा कमजोर हुनेहरूले रुखै रुख देखोस् भन्ने हेतूले आयोगले यस्तो गरेको हुनसक्ने आशंका गर्दैै यो कदम सच्याउन आग्रह गर्नुभयो ।

एमाले अध्यक्ष ओलीको सवाललाई आयोगले विगतका कतिपय निर्वाचनको अभ्यासलाई हेरेर विवादास्पद नबन्ने हेतुले यस पटक हरियो रङ प्रयोग गर्ने निर्णय भएको तर्क गरेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल, यसअघि पनि आयोगले हरियो रङको प्रयोग गरेको बताउनुहुन्छ ।

उसो त अध्यक्ष ओली ले हरियो मसिलाई मान्य नहुने भन्दै आयोगले आफ्नो त्रुटि सच्याउनुपर्ने जिकिर गर्नुहुन्छ । तर आयोग भने आफ्नो निर्णयप्रति अस्पष्ट भए राजनीतिक दल र आयोगबीच छलफल गरि अघि बढ्न सक्ने मध्यमार्गी बाटो भएको बताउँछ ।

एमालेले आफ्नो प्रतिस्पर्धी कांग्रेसलाई ठानेको छ । रङकै आधारमा मतदान प्रभावित हुन्छ भन्ने बुझाइ दृष्टिदोष हो या सस्तो फण्डा खोज्ने बहाना, त्यसको भने छिनोफानो हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४