Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोयल्टी खोज्दै यातायातमा कलाकार स्रष्टाहरुको टिम अधिकार खोज्दा यसरी भयो तनाव !!!


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २८ २०७५
  • 8.6K
    SHARES

https://youtu.be/hR-K_hkgyuc
प्रकाशित: २६ पुष २०७५, बिहीबार 
                                 “नेत्र बहादुर कार्की “

काठमाडौं । स्रष्टालाई रोयल्टी राज्यलाई कर ‘प्रतिलिपि अधिकार ऐन २०५९ कार्यान्वयन गर बौद्दिक सम्पतिको संरक्षण गर’ भन्ने नाराका साथ रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले संयुक्त रुपमा यातायात व्यवस्था विभाग एकान्तकुनामा दबाबमुलक कार्यक्रमको आयोजना गरेको छन् ।

गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत सार्वजनिक यातायातले नविकरण गर्दा, रुट इजाजत लिँदा वा नामसारी गर्दा अनिवार्य रुपमा तिर्नुपर्ने रोयल्टी विगत ९ महिनादेखि लागू भए पनि उपत्यकाका यातायात कार्यालयबाट नउठेपछि स्रष्टाहरु दबाबमूलक कार्यक्रम सहित यातायात कार्यालयमा पुगेका थिए । विभागका डिजी सुबास पन्थी कार्यालयमा नआइपुगेका कारण केही समय काउन्टरमा स्रष्टाहरुले अधिकार खोज्दै नियमका पालना गरेर राज्यको कर उठाउन अनुरोध गर्दा कर्मचारीले वेवास्ता गरेपछि केहीछिन अबरुद्ध समेत भएको थियो ।

विहान ९ बजेदेखि स्रष्टाहरु यातायात व्यवस्था विभाग एकान्तकुनामा भेला भएर आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदा सेवाग्राही, कर्मचारी र स्रष्टाबीच केही तनाव सिर्जनासमेत भएको थियो । आफूलाई यातायात व्यवसायी बताउने केही व्यक्तिले स्रष्टालाई जथाभावी रुपमा बोलेपछि स्रष्टा र ती व्यक्तिहरुबीच एकछिन तनावको अवस्थासमेत सिर्जना भएको हो । हामीले आफ्नो अधिकार खोजेका हौं भन्दै स्रष्टाहरुले अनुरोध गर्दा पनि ती व्यक्तिहरुले जथाभावी बोल्दै स्रष्टामाथि आइलागेपछि झण्डै हात हालाहालको स्थितिसमेत पैदा भएको थियो ।


सरकारले प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गत सार्बजनिक सवारी साधनहरुमा गीतसंगीत प्रयोग गरेवापत सवारीसाधन नवीकरण गर्दा, रुट इजाजत लिँदा वा नामसारी गर्दा अनिवार्य रुपमा रोयल्टी बुझाउनु पर्ने नियम उल्लेख छ, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले भने– ‘हामी भीख माग्न आएका होइनौं, हाम्रो सिर्जनाको मूल्य खोज्न आएका हौं । हाम्रो बौद्धिक सम्पत्तिको दुरुपयोग भएको छ, हाम्रो सिर्जना सार्वजनिक रुपमा प्रयोग गरिएपछि रोयल्टी तिर्नुपर्छ भन्न आएका हौं । यो सरकारलेसमेत अनिवार्य रुपमा रोयल्टी बुझाउनु भनिसकेको हुँदा पनि कार्यान्वयन किन गरिएन ?’ यहाँ भ्रष्टाचार भएको छ, कर छली भएको छ, हामी आगो बाल्न पनि तयार छौं ।’
यातायात व्यवस्था विभागको निर्देशिकामासमेत जारी भइसकेको र मुलुकभरका यातायात कार्यालयबाट रोयल्टी संकलन भइरहँदा उपत्यकाका तीन जिल्लाका यातायात कार्यालयबाट भने रोयल्टी उठ्न छाडेपछि स्रष्टाहरु अधिकार खोज्दै हामी आएका हौं रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले भने ।


हामीले पटक पटक पहल गरिरह्यौं, सरकारले गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत रोयल्टी बुझाउनुपर्ने नियम बनाइदिँदा पनि उपत्यकाका यातायात कार्यालयले मात्र किन कार्यान्वयन गर्दैन ? प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले भने– ‘स्रष्टाको अधिकार हनन् गरियो, हामीले गीतसंगीतवापत कर बुझाएका छौं भने सरकारी कार्यालयबाट कर छली भइरह्यो ।’

मिनीबस, माइक्रोबस र जीपमा अनिवार्य रुपमा यात्रुहरुको मनोरञ्जनका लागि म्यूजिक सिस्टम तथा पत्रपत्रिकाको व्यवस्था हुनुपर्ने छ भने स्तरीय डिलक्सको मापदण्ड अनुसार यात्रुहरुको मनोरञ्जनका लागि अडियो, भिडियो र समसामयिक पत्रपत्रिकाको अनिवार्य व्यवस्था हुनुपर्नेछ । तर सार्वजनिक रुपमा गीतसंगीत प्रयोग भएपछि कानुनतः अनिवार्य रुपमा रोयल्टी बुझाउनु पर्ने प्रावधान भएपनि यातायात व्यवसायीको सिन्डिकेट मिलाउने क्रममा कलाकारहरुलाई छायाँमा पारिएको कलाकारहरुको आक्रोश थियो ।

हाम्रो बारेमा

जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागतम र अभिवादन गर्दछौं। जन न्यूज नेपाल खबर डट कम २०७४ साल बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका बिबिध विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ। भने जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, जन समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं। अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक,कलाकार , शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं। यस
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु होला । साथै हामीलाई हाम्रो “Youtube Channel”Jana News Nepal Khabar लाई पनि माया गरिदिनु होला । र Channel लाई Subscribe गरिदिन नभुल्नु होला। साथै हाम्रो नयाँ भिडियोहरु सधैभरी हेर्नको लागि Subscribe संगै रहेको बेल बटन लाई दबाउन नभुल्नु होला । धन्यवाद,
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

https://youtu.be/hR-K_hkgyuc

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४