काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
पछिल्लो ६ महिनादेखि सांसदहरूले जनचासोका विषयमा राख्न पाएका छैनन् । नेकपा एमालेको अवरोधका कारण यस अवधिका सबै बैठकहरू निष्प्रभावी बन्दै गएका छन् ।
एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसीसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन गर्दै गइरहेको छ ।