Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तारुढ दल भित्रभित्रै चुनाव सार्न खोज्दैछन् : नेम्वाङ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।

प्रेस चौतारीको बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको टिप्पणी गरे । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनी प्रश्न गरे ।

‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ’ उनले भने ।

आफ्नो पार्टीले ठूलो चुनौती मोलेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिनको कार्यक्रमबाटै त्यसलाई गायब बनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४