Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी सेनालाई परमाणुअस्त्र तयारी अवस्थामा राख्न राष्ट्रपति पुटिनको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १६ २०७८
  • 6.5K
    SHARES

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनु भएको छ ।

क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उहाँले पश्चिमा राष्ट्रहरूले रुसप्रति मित्रतवत् व्यवहार नगरेको टिप्पणी गर्नुभयो ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी बताउनु भएको थियो । नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध “चर्को टिप्पणी“ गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उहाँले बताउनुभयो ।

पुटिनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आफ्नो पारमाणविक बललाई “विशेष सतर्क अवस्थामा“मा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको संकेतको रुपमा बुझिएको छ । रुसी आक्रमण पनि योजनाअनुसार हुन सकेको छैन ।

युक्रेनमा आक्रमण थालेको चौथो दिन रुसको नियन्त्रणमा एउटा मुख्य सहर पनि पर्न सकेन । धेरै संख्यामा रुसीहरु हताहत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४