पुष्कर खड्का
रामेछाप । काठमाडौंमा एनआईसी एसिया बैंकको एटीएम फोर्दै गर्दा काभ्रेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका(७ घर भई हाल सानो गौचरन बस्दै आएका २१ वर्षीय आकाश गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शनिबार राति १ बजे काठमाडौंको नक्साल भवगतीस्थित सगरमाथा इन्स्योरेन्स भवनको भुई तलामा रहेको एनआईसी एसिया बैंकको एटीम फोर्दै गरेको अवस्थामा गौतमलाई पक्राउ गरेको हो । पक्राउ परेका गौतमलाई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
