Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पल शाहविरुद्ध अर्को जाहेरी लिएर गैंडाकोट पुगिन् पीडित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जाहेरी दर्ता हुन लागेको हो ।

‘जाहेरीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौं’ एक प्रहरी अधिकृतले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौं ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

हेर्नुस् जाहेरीको पूर्णपाठ

* यसअघि जाहेरी दिइएको प्रहरी कार्यालयको नाम फरक पर्न गएकाले सच्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४