Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेन छाड्दै नेपाली, धेरैजसो पोल्याण्ड गए, केही स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।
केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ ।

दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् ।अन्य २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा रहेको दूतावासले जनाएको छ । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 

रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको छ ।

पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले सुझाव दिएको छ ।

हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४