Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको खाँडादेवी गाउँपालिकाका सामुदायिक विद्यालय तथा संस्थालाइ निःशुल्क इन्टरनेट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १४ २०७८
  • 8.3K
    SHARES

पुष्कर खड्का
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।

गाउँपालिकाले पालिका अन्र्तगत रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरेको हो । नेपाल दुरसञ्चार प्राधिकरण र यरोनेट संग सम्झौता गरी गाउँपालिकाले निःशुल्क इन्टरनेट सेवा शुक्रबार देखी गाउँपालिका भित्र रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङले दिएको जानकारी अनुसार अप्टीकल फाईबार मार्फत सवै विद्यालय र समुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको छ ।

बागमती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले संयुक्तरुपमा निशुल्क इन्टरनेट सेवाको उद्घाटन गर्नु भएको हो । निशुल्क इन्टरनेट सेवाको उद्घाटन कार्यक्रममा शिक्षक महासंघ रामेछापका अध्यक्ष रामबहादुर श्रेष्ठ, उपाध्यक्ष चक्रलाल श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आधुनिक प्रविधिको युगमा निशुल्क गरिएको इन्टरनेट सेवाले सहयोग पुग्ने बताएका छन् ।

निःशुल्क इन्टरनेट सुवा सञ्चालन पछि सांसद पौडेलले प्रविधिको उचित प्रयोग गरी आफ्नो सेवालाई सुधार गरी प्रभावकारी बनाउन सामुदायिक विद्यालय तथा संस्थाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यलय र संस्थाहरुको सेवा प्रवाहमा राम्रो सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४