प्रहरीका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार जंगलमा खनिएको खाल्डो ढुंगाले छोपेको अवस्थामा देखिएपछि उत्खनन गर्दा शव फेला परेको हो ।
वडा सदस्य नवीन लिम्बुका अनुसार जाते बजारबाट करिब डेढ किलोमिटर माथि पर्ने जंगलमा उनको शव फेला परेको हो । स्कुलबाट घर जाँदै गरेकी बालिकाको शव गाडेको अवस्थामा भेटिएपछि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेको उनले बताए । घटना शंकास्पद भएका कारण पोष्टमार्टमपछि थप विषय खुल्ने एसपी जिसीले बताए । प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट बालिकाको घरबाट करिब ३ किलोमिटर टाढा पर्छ ।
