Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्च आयात हुने वस्तुमा ८औं स्थानमा खोप, झण्डै २७ अर्बको आयात


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १० २०७८
  • 5.9K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ ।

कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ ।

यो वर्षको पहिलो सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।

गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । सामान्य अवस्थामा भन्दा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।

यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ३९ हजार ७८५ केजी परिमाणको खोप आयात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४