काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई के कसुरमा पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन । तर टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा पक्राउ गरिएको स्रोतले जन प्रहार डट कमलाई बताएको छ । सोमबार राती पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी दिनेशराज मैनालीले पक्राउ परेका हरुको बारेमा अनुसन्धान भइरहेको जन प्रहार डट कमलाई जानकारी दिनुभयो । उहाँले अनुसन्धानपछि मात्रै सबै कुरा थाहा हुने बताउनुभयो ।