Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयाल निगमको प्रक्षेपण : मासिक घाटा पौने ५ अर्ब


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ५ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै नोक्सानी हुने देखिएको छ,’ प्रवक्ता उपाध्ययले भने ।

नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको लागत बढेको छ । आईओसीबाट निगमको खरिद मूल्य प्रतिलिटर पेट्रोलमा १६१ रुपैयाँ ०५ पैसा, डिजेलमा १४० रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्याँस एक सिलिण्डरमा २ हजार १३५.७४ पैसा पुगेको निगमले जनाएको छ । जसमा, माघ १८ गतेको मूल्य समायोजन पछि उपभोक्ता मूल्य भन्दा पेट्रोल लिटरमा १९ रुपैयाँ ०५ पैसा, डिजेलमा डिजेलमा १५ रुपैयाँ ४८ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ५६० रुपैयाँ ७५ पैसा नोक्सानी रहेको निगमको दाबी छ ।

समग्रमा पेट्रोलमा १५ दिनमा ५४ करोड ४४ लाख, डिजेलमा १ अर्ब १३ करोड ४७ लाख र खाना पकाउने ग्याँसमा एक अर्ब ६४ करोड ४७ लाख घाटाको अनुमान गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४