Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कमल थापा राप्रपा नेपालको अध्यक्ष बने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १ २०७८
  • 7.5K
    SHARES

काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ ।

निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।

वि.स. २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यो पार्टीका अध्यक्ष लाक्पा शेर्पा हुनुहुन्थ्यो । शेर्पाले पार्टीको नेतृत्व त्याग्दै कमल थापालाई अध्यक्षमा चयन गरेको जानकारी दिनुभयो ।

यससँगै थापा अब राप्रपा नेपालका अध्यक्ष बन्नुभएको छ । राप्रपा नेपाल ब्यूत्याएसँगै थापाले पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको स्वीकार पनि गर्नुभएको छ । राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४