Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २३ २०७८
  • 3.1K
    SHARES

काठमाडौ । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ ।

राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस दिन वसन्त श्रवण हुँदै आएको छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा लिने गरिन्छ ।

सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

सरस्वती पूजाकै दिन बालबालिकाहरुको शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन पनि छ । संगीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ ।

भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रस–रङ्ग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ ।

ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको सुडाल, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर र मैतिदेवीलगायत मुलुकका विभिन्न सरस्वती मन्दिरमा दर्शनार्थीको जमघट हुने भए पनि देवस्थलमा कोरोना संक्रमणका कारण जमघट निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४