Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमपातले अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्‍चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 7.1K
    SHARES

बैतडी। हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग पुनः सञ्चालनमा आएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सञ्चालनमा आएका हुन् ।

भारी हिमपातका कारण बिहीबार अपराह्नदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

सडक डिभिजन कार्यालयका चारवटा जेसिभी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा राजमार्ग सञ्चालनमा ल्याइएका हुन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘बन्द रहेका राजमार्ग खुलाउन बिहानैदेखि जेसिभी र सुरक्षाकर्मी परिचालन गरेका थियौँ, दिउँसोपछि मात्रै सञ्चालन गर्न सफल भइयो।’

राजमार्ग खुलाउन तथा हिउँ सफा गर्न बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानासहितको सुरक्षाकर्मीको टोली खटिएको थियो । राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमै रोकिएका सवारीसाधन र यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यी दुवै राजमार्ग खुले पनि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग भने अझै सञ्चालन हुन सकेको छैन । बैतडी खण्डको खोपडे–श्रीभावरसम्म भारी हिमपात भएकोले उक्त सडक खुलाउन समय लागेको हो । बन्द रहेको उक्त राजमार्ग पुनःसञ्चालनका लागि जेसिभी प्रयोग गरी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जयपृथ्वी राजमार्ग खुलाउन ढिलाइ हुँदा उक्त क्षेत्रमा रोकिएका यात्रुहरु समस्यामा परेका छन् । बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै दिउँसोपछि हिमपात भएको थियो । अझै पनि मौसममा सुधार हुन नसकेकोले पुनः राजमार्ग बन्द हुने सम्भावना बढेको छ ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न र लामो दूरीको यात्रामा ननिस्कन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४