Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमपातले रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 6.3K
    SHARES

दाङ । भारी हिमपातले रुकुम पूर्वको मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ ।बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर १ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

सडकमा बाक्लो हिउँ परेको छ । प्रहरीका अनुसार लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्व, रोल्पालगायतका ठाउँबाट काठमाडौं जाने र काठमाडौंबाट रोल्पा र रुकुम पूर्व फर्केने यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले १७ किलोमिटर सडकमा बाख्लो हिउँ जमलेकाले पन्छाउन केही समय लाग्ने बताए ।

यसअघि पनि हिमपातका कारण उक्त खण्ड अवरुद्ध हुँदै आएको थियो । गत पुस दोस्रो साता पनि सो खण्ड हिमपातका कारण अवरुद्ध बनेको थियो ।

झण्डै एकसाता भन्दा लामो समयसम्म अवरुद्ध भएको सडक हिउँ हटाएर खुलाइएको थियो । हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४