Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.4K
    SHARES

एजेन्सी । अफगानिस्तानमा तालीबानी सरकारले एक महिला अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ ।

राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको अवस्थामा तालीबानीको टोलीले महिला अधिकारकर्मी मुर्सल अयारलाई नियन्त्रणमा लिएको हो ।

योसँगै मुर्सल अयार अफगानिस्तानमा तालीवानीद्वारा नियन्त्रणमा लिने महिला मध्ये छैठौं महिला अधिकारकर्मी हुन् ।

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

पछिल्लो समय अफगानिस्तानको कारागारमा रहेका महिलाको अवस्थाबारेको बाहिरिएको रिपोर्टको जिम्मेवार महिला अधिकारकर्मीहरू रहेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

ती महिला अधिकारकर्मीहरूले देशको शासनमा महिलाहरूको अधिकार लगायत शिक्षाका बारेमा आवाज उठाउँदै आएका थिए ।

यसैबीच संयुक्त राष्ट्रसंघका अनुसार तालिबानले महिला अधिकारकर्मीहरूलाई जबरजस्ती नियन्त्रणमा लिएको भन्दै निन्दा गरेको छ । साथै उनीहरूको तत्काल रिहाइको माग गरेको छ ।

महिला अधिकारकर्मीलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार भएको भन्दै अधिकारबाट बन्चित नगर्न तालिवान सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४