Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोठाटारमा पनि भेटियो प्रधानन्यायाधीशका भाइ प्रभुशम्शेरको जग्गा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १८ २०७८
  • 3K
    SHARES

 काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेरले असोजमा ठूलो परिमाणमा जग्गा खरीद गरेको फेला परेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार प्रभुशम्शेरले गोठाटारमा करिव साढे ३ रोपनी जग्गा किनेको भेटिएको हो । ‘गोठाटारको कित्ता नं. १२४ र ३३ मा उनले करिव तीन रोपनी जग्गा खरीद गरेको भेटियो,’ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, ‘करिव ३० करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरीद गरेको तथ्य अवगत हुन आयो ।’

प्रभुशम्शेरमाथि अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गरेको, आफ्ना दाजुको पदीय हैसियत दुरुपयोग गरी मुद्दामा मोलमोलाई गरेको र कतिपय मुद्दा प्रभावित बनाएको आरोप छ । प्रधान्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति छानविनको माग गर्दै डा. गोविन्द केसीले समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए । त्यसपछि शुरु भएको विवरण संकलन र अध्ययनका क्रममा प्रभुशम्शेरले असोजमात्र गोठाटारमा जग्गा जोडेको भेटिएको हो ।

गोठाटारको जग्गाको भाउ प्रतिआना करिव ४० लाख रुपैयाँ छ । त्यसरी हेर्दा २२ करोड ४० लाख हुन आउँछ । तर प्रभुशम्शेरले किनेको जग्गा ‘प्राइम लोकेसन’मा रहेको भन्दै त्यसको मूल्य अझै बढी रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतको दावी छ ।

उजुरीमा प्रभुशम्शेरले ठमेलमा समेत घरसहितको करिव आठ आना जग्गा किनेको उजुरीमा दाबी छ । त्यो जग्गाको करार सम्झौताबारे जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा प्रभुशम्शेरले जग्गा किनेर मुद्दा ‘डिसमिस’ गराएका थिए ।

मंगलबारको उजुरीमा उल्लेखित ठमेलको जग्गाबारे अर्को विवादसमेत छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेका थिए । त्यसको केही समयपछि नै प्रधानन्यायाधीश जबराका भाइ प्रभुशम्शेरले त्यही बैंकबाट ऋण लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४