काठमाडौं । नेपाल सरकारले अब देखि सार्वजनिक स्थानमा हिँडडुल गर्नको लागि खोपकार्ड अनिवार्य गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले आगामी माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छलफलमा सहभागी एक अधिकारीले जन न्युज नेपाल खबरलाई जानकारी गरेका हुन् ।
