Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ४ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा निर्णय हुनेछ ।

हाल विगतमा सरकारले गरेको निर्णय अनुसार नै निजी अस्पतालहरुले पीसीआर टेष्टका लागि २ हजार रुपैयाँ लिँदै आएका छन् । तर, यो अहिलेको सन्दर्भमा महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि स्वास्थ्य सचिव पोखरेलले नयाँ शुल्क तोक्ने तयारी भएको जानकारी दिएका हुन् ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले भने, ‘शुल्क समायोजनको समिति बनेको छ । त्यसको सिफारिसको आधारमा हामी आज बेलुका वा भोलिसम्म एउटा निर्णय गरेर निजी र सरकारी अस्पतालको पीसीआर शुल्क पुनः समायोजन गर्ने र आवश्यकता अनुसार पीसीआर फ्री गर्ने गरी एउटा निर्णयमा जान्छौं ।

सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन ? भनी प्रश्न गरेका थिए । साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमै पीसीआर टेष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

जवाफमा स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामीले बनाएको नियम सरकारी अस्पतालमा गएर लक्षण देखिएको अवस्थामा पीसीआर टेष्ट फ्री नै हो । टेकुमै भएन भन्ने कुरा छ म त्यसमा बुझ्छु । वीर अस्पताल र अरु अस्पतालहरुमा फ्री नै भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४