Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 2.9K
    SHARES

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । बैरागी नवौं जिल्ला अधिवेशनमा सचिवमा निर्वाचित हुनु भएको थियो । प्रर्तिस्पर्धी बैरागीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको साथ रहेको थियो ।

उपाध्यक्षमा गुरुङ प्यानलका तेजनारायण अधिकारी बिजयी हुनु भएको छ । उहाँले ४ सय २१ मत ल्याउनु भई विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी प्रभा कोइरालाले ४ सय १३ मत ल्याउनु भएको छ ।

यस्तै, सचिवमा बैन बहादुर क्षेत्री निर्वाचित हुनु भएको छ । क्षेत्रीले ४ सय ७५ मत ल्याउनु भएको थियो । उहाँँका प्रतिस्पर्धी बिष्णु बहादुर केसी ३ सय ६४ मत ल्याउनु भएको थियो ।

उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी हुनु भएका छन् । लामाले ५ सय ४० र नवराज ओझाले ४ सय ४३ मत ल्याएर विजयी हुनु भएका हुन् । उपसचिवमा प्रतिस्पर्धी इमानराज पौडेलले ३ सय ५५ र मनबुझा विकले २ सय ३७ मत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४