Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा सकारात्मक संकेत, यी हुन् धेरै कमाउने १० कम्पनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २६ २०७८
  • 15.3K
    SHARES

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो । २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेपनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरु लगभग बराबरी जस्तै छन् । कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।

धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना देखिएको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढेर २८५ रुपैयाँमा पुगेको छ । यसैगरी युनियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेशनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४