Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ १५ सम्म स्कुल बन्द, सार्वजनिक स्थानमा खोप लगाएकालाई मात्र प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 7.9K
    SHARES

भक्तपुरको एक विद्यालयमा कोरोना भाइरसविरुद्धको खोप लगाएपछि कार्ड देखाउँदै विद्यार्थीहरु ।


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार मात्र ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ । डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महिना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

  • १५ माघसम्म विद्यालय बन्द

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । ‘कतिपय विद्यालयमा हिउदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’

विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षाहरु रोकिने छैन । तर जनस्वास्थ्यमा मापदण्डहरु पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।

  • राजनीतिक कार्यक्रम नगर्न आह्वान

सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह गर्न रोक लगाएको छ । साथै सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनले अनुमति दिनेछ । यसका लागि गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र गर्ने सीसीएमसीसीको निर्णय छ ।

  • खोप कार्ड अनिवार्य

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यो निर्णयअनुसार अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म १ करोड ११ लाख ३४ हजार ६९८ जनाले पूर्ण मात्रामा अर्थात दुबै डोज खोप लगाएका छन् भने थप ४० लाखले कम्तीमा एक डोज खोप लगाएका छन् ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीडभाड कम हुने गरी उडानको व्यवस्था मिलाउनसमेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनिएको छ । नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र पोजेटिभ आएकाहरुलाई होटल, होल्डिङ सेन्टर लगातका आइसोलेसन सेन्टरमा राख्ने पनि सीसीएमसीसीको निर्णय छ । यस्तै सार्वजनिक स्थानहरुमा पनि निःशुल्क एन्टिजेन टेष्ट बुथहरु राख्ने र कोरोना खोपलाई अभियानकै रुपमा अगाडि बढाउने पनि उसको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४