Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदैन : गर्भनर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 5K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उहाँले यो वर्ष धान उत्पादनमा आएको कमीले उत्पादन घट्दा ७ प्रतिशतको आर्थिक वृद्धि पुर्‍याउन मुस्किल हुने बताउनु भएको हो ।

आर्थिक वर्ष ०७८/७९ को बजेटमै ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । केही समय यता कोभिड्को केही पोजिटिभ सिग्नल आउन थालेका भन्दै उहाँले बजारमा कर्जा प्रवाहमा वृद्धि भएको उल्लेख गर्नु भयो । यो समयमा विश्वभर नै मूल्य वृद्धि भैरहेको छ । त्यसको प्रभाव स्वरुप नेपाली बजारमा पनि मुल्य बढ्ने उहाँले बताउनु भयो । ‘अहिले मुल्यवृद्धि ६.५ प्रतिशतको सिमाभित्र राख्न चुनौती छ’, उहाँले भन्नुभयो ।

आयतको प्रभाव तरलतामा परेको उल्लेख गर्दै गर्भनर अधिकारीले बढ्दो आयातले अर्थतन्त्रमा चुनौती थप्ने बताउनु भयो । ‘पछिल्लो समय रेमिटेन्स खुम्चिरहेको र ५ महिनाको अन्तसम्ममा शोधनान्तर घाटा अझै बढ्न सक्छ’, उहाँले भन्नुभयो । राष्ट्र बैकले मार्केट प्यानिक हुन नदिन ५ महिनामा २७ खर्व २१ अर्व बजारमा पठाएको गर्भनर अधिकारीले जानकारी दिनु भयो । पुस २२ पछि बैंकले तरलतामा अलि सहज अनुभुत गरेको उहाँले बताउनु भयो ।

अहिले कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.१ प्रतिशत, कृषिको २५.८ प्रतिशत छ भने उद्योगको घट्दै गएर १३.१ प्रतिशत पुगेको छ । यस्तै, यो वर्ष बढिरहेको आयतको प्रभाव स्वरुप शोधनान्तर स्थितीमा चाप पर्नुको साथै चालु खाता घाटा सम्म बढने गर्भनर अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४