Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलालाई दुर्व्यवहार गर्ने धामी र पुजारी एक/एक लाख धरौटीमा छुटे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २४ २०७८
  • 6.9K
    SHARES

सुर्खेत । महिलालाई दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना धामी र पुजारी एक/एक लाख धरौटीमा छुटका छन् ।सुर्खेत जिल्ला अदालत निर्णयअनुसार उनीहरू धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

पुस ६ गते कूलपूजाको बेलामा एक महिलालाई खुट्टाको पैताला चटाउँदै अमानवीय व्यवहार गरेको आरोपमा सुर्खेत वीरेन्ऽनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का मिलन ज्ञवालीलाई पक्राउ परेका थिए ।

उनीहरूले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएपछि प्रहरीले प्रतिवेदन तयार गरी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो ।अनुसन्धानपछि प्रहरीले सरकारी वकिलमार्फत पुस १६ गते उनीहरुलाई अदालतलमा बुझाएको थियो ।

पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका-४ दशरथपुरमा ज्ञवाली परिवारको कूल पूजामा आएकी बाँके खजुराकी महिलामाथि उनीहरुले दुर्व्यवहार गरेका थिए ।

सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन् । उनले प्रहरीसँगको सोधपुछका क्रममा आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन् ।यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कूलपूजाका क्रममा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४