Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा रुपान्तरणको सुरुवात भयो : महामन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 2.4K
    SHARES

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताउनुभएको छ ।

बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रूपान्तर सुरु भएको बनाउनुभयो ।

शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक लडाईं भएकाले हार र जित नभएको बताउनुभयो ।

कांग्रेस रुपान्तरित भएर गएको भन्दै महामन्त्री शर्माले अब आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई अनुरोध गर्नुभयो । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उहाँको भनाइ छ ।

‘निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्दै जानेछौं,’ उहाँले भन्नुभयो, ‘रुपान्तरित कांग्रेस भएर देश समक्ष राख्नेछौँ ।

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने तागतको रुपमा बदल्ने शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४