Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्व संकलनमा सुधार, चालु वर्षको ५ महिनामा ५ खर्ब राजस्व संकलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २२ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । सरकारले चालू अर्थिक वर्षको पाँच महिनामा राजस्व अनुदान सहित विभिन्न शीर्षकमा ५ खर्ब भन्दा बढी संकलन गरेको छ ।

चालु वर्षको ५ महिनामा ५ खर्ब १ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले यो वर्ष राजस्वबाट १२ खर्ब ४० अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ४० दशमलव ४ प्रतिशत राजस्व संकलन भएको छ । गतवर्षको तुलनामा यो १ खर्ब ३८ अर्बले बढी रहेको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा ४ खर्ब १७ अर्ब संकलन गरेको छ ।

यस्तै, गैरकर राजस्वबाट ३६ अर्ब ३५ करोड संकलन भएको छ भने अन्य शीर्षकमा ३३ अर्ब ५७ करोड प्राप्ति हुँदा अनुदान १३ अर्ब ८८ करोड संकलन भएको छ ।

सरकारले खर्चतर्फ भने ४ खर्ब ४९ अर्ब खर्च भएको छ । चालु शीर्षकमा सबैभन्दा ३ खर्ब ६५ अर्ब खर्च भएको छ । वित्तीय व्यवस्था तर्फ ५५ अर्ब ५७ करोड खर्च हुँदा विकास खर्चतर्फ भने सरकारले ३८ अर्ब १० करोड खर्च गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४