Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो ।

जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रतासमेत बनाएको छ । क्रिकेटका सबै प्रकारका फर्म्याटमा न्यूजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो ।

आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो । सन् २०१७ मा न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग विलिंगटनमा पराजित भएको थियो ।

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो । तर बाँकी ५ विकेट न्यूजिल्याण्डले २२ रनमा गुमायो ।

टेष्ट च्याम्पियनसमेत रहेको न्यूजिल्याण्डलाई रोक्ने क्रममा बंगलादेशका बलर इबादर हुसेनले ५६ रन दिएर ६ विकेट लिए । दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो । जसलाई उसले १७ ओभरमा सहजै हासिल गर्‍यो ।

यसअघि भएका १५ टेस्ट म्याचमा बंगलादेशले १२ मा पराजय भोगेको थियो भने बाँकी तीन वटा बराबरी भएको थियो । बंगलादेशले अहिलेसम्म देशबाहिर ६१ वटा टेष्ट म्याच खेलेको छ । जसमा यो उसको छैठौं जित हो ।

यसअघि बंगलादेशले वेष्टइण्डिज, श्रीलंका र जिम्बावेलाई दुई/दुई पटक हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४