Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर साढे ७ लाख नयाँ मतदाता थपिए, दोस्रो चरणको अभियान पुस १९ मा सकिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 3.7K
    SHARES

काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा ७ लाख ४९ हजार नयाँ मतदाताहरू थपिएका छन् ।

७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जन न्युज नेपाल खबरलाई बताए । यसअघि ०७८ मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो ।

मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । आयोगका अनुसार शुक्रबारसम्म ७ लाख ४९ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिदैँछ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने आयोगका प्रवक्ता पौडेल बताउँछन् । निर्वाचनको मिति घोषणा भए पनि नामावली संकलन कार्यक्रम निरन्तर हुने उनले बताए । हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइने  प्रवक्ता पौडेलले जन न्युज नेपाल खबरलाई बताए । अन्य जिल्लाका व्यक्ति कामको वा पढाइको शिलशिलामा अर्कै जिल्लामा पुगेको खण्डमा पनि त्यहीँबाट नाम दर्ता गराउन पाइने शर्माले जन न्युज नेपाल खबरलाई  बताए ।

मतदाता नामावली संकलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालयबाट हुने उनको भनाइ छ । कुनै पनि राजनीतिक दललाई भोट दिनका लागि १८ वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।

#मतदाता नामावली संकलन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४