Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भवन निर्माण गर्दा मापदण्ड अवलम्वन गर्नुस् : गृहमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 1.5K
    SHARES

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण क्षेत्रमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भूकम्प प्रतिरोधी मापदण्डअनुरुप बनाउन आग्रह गरेका छन् । ग्रामिण क्षेत्रमा भइरहेको तीव्र विकाससँगै सबै भौतिक संरचना मापदण्डअनुसार बन्न नसकेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भौतिक निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाइ छ ।

उनले भने ‘ग्रामिण क्षेत्रमा ठूला निजी तथा सरकारी भवन निर्माण गर्ने क्रममा सरकारी मापदण्ड अवलम्वन गरिरहनुभएको छैन भने भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरूले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’

गृहमन्त्री खाँणले यसवर्षको २४औं भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४