Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ ।

कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ ।

समूह बी को नेपाल समूह चरणबाटै बाहिरिएको छ । तर, कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो । नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । कुवेत पुछारमा रहेको छ । दुवै टोलीले अंक जोड्न सकेको छैन ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४