Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिरिञ्ज अभाव देखाउँदै आजदेखि बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 1.5K
    SHARES

काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ ।

उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो छैन ।

फाइजर खोपका लागि छुट्टै सिरिन्ज चाहिने भन्दै उहाँले सिरिन्ज छिट्टै आउने भनिए पनि कहिले आउँछ भन्ने यकिन नभएको बताउनुभयो । यस्तै फाइजर खोपमा मिसाउने घोलक पनि नआएको दाहालले जानकारी दिनुभयो । अमेरिकाले नेपाललाई ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४