Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तराईमा हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 9.2K
    SHARES

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। जसकाे कारण हाल  देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ । साथै देशभर बढी रहेकाले महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ९ गते (शुक्रबार)

दिउँसो :  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पौष १० गते (शनिबार)

दिउँसो :  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशकोउच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पौष ११ गते (आईतबार)

दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।  सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४