Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जुन हत्या प्रकरण : आठ बुँदे माग राखेर गाउँपालिका बन्द


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 2.6K
    SHARES

 धनगढी । कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिनसम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गराएका छन् ।

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन जारी राखेका छन् ।

मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए । बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएका छन् ।

गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । दासको हत्याको जिम्मेवारी लिएको अडियो उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो ।

सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ । घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरु फरार भएकाले खोजी जारी राखिएको बताए ।

पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन् । अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ ।

जानकी गाउँपालिकाले बिहीबार पीडित पक्षले उठाएका माग सम्बोधनका विषयमा छलफल गर्ने भएको छ । जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्ष र स्थानीय प्रशासनसँग दिउँसो १ बजे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४