Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कांग्रेस पदाधिकारीमा देउवासहित २ जना पुराना,अरू ११ जना सबै नयाँ अनुहार “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 6.6K
    SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएका पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ आएका छन्। शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो। जसअनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय,’डिना’ जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्। उनीहरूमध्ये देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा थिए।

निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर कोषाध्यक्ष मनोनित गर्ने विधानको व्यवस्था छ। कोषाध्यक्ष पनि कांग्रेस पदाधिकारी हुन्छन्। पदाधिकारीको बैठकमा पार्टी प्रवक्ता पनि सहभागी हुन पाउँछन्।

कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो। सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए। कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा थिए।

उनीहरूमध्ये देउवा यसपालि पनि सभापति भएका छन् भने खड्का उपसभापतिमा निर्वाचित भएका छन्। सभापतिमा लडेका निधि र उपसभापतिमा लडेका गच्छदार पराजित भएका छन्। शशांक कोइराला, सीतादेवी यादव र सुनिल थापा यसपालि पदाधिकारीमा उम्मेदवार थिएनन्। सभापति लडेका निधि र प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका थिए। 

महामन्त्रीमा उम्मेदवार बनेका प्रकाशशरण महत पराजित भएका छन्। कांग्रेसमा पदाधिकारीहरूले पार्टी सञ्चालनका लागि महत्वपूर्ण काम गर्छन्। पदाधिकारीले विभिन्न पक्षसँग समन्वय गरेर पार्टी सञ्चालन गर्छन्। पार्टीका महत्वपूर्ण निर्णयहरू भने केन्द्रीय समितिले नै गर्ने कांग्रेस विधानमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४